Nepal Nursing Council

Bansbari, Kathmandu

Please click the "Login" button located above to access the application form.

आवेदकहरूलाई आवेदन बुझाउन अघि तपसिलमा उल्लेखित जानकारी ध्यानपूर्वक पढ्न अनुरोध गरिन्छ। नर्सिङ परिषदको नामदर्ता परीक्षाको लागि आवेदन दिन चाहने योग्य नेपाली नागरिकहरुले यस पोर्टल मार्फत आफ्नो आवेदन अनलाईन पेश गर्न सक्नेछन नेपाल नर्सिङ परिषदद्वारा प्रकाशित सूचनामा उल्लिखित योग्यताको मापदण्ड पूरा गर्नेहरूले मात्र आ-आफ्नो तहमा (PCL Nursing, B. Sc. Nursing, Bachelors in Midwifery Science (BMS), Specialist Nursing (M. Sc, MN), आफ्नो योग्यता मापदण्ड पुरा गरेकाले मात्र आवेदन दिन सक्नेछन्।

आवेदकहरूले ध्यान दिनु पर्ने कुराहरु

  • कागजातहरुको मापदण्ड:

    कागजातहरुको प्रति (Scan Copy) सक्कल प्रतिबाट लिएको, स्पष्टसंग पढन सकिने र पूर्ण आकारको हुन अनिवार्य छ। परिषदले माग गरेको सम्पूर्ण प्रमाणपत्रहरुको प्रति अनिवार्यरूपले उपलब्ध गराउनु पर्नेछ। परीक्षामा सामेल हुनको लागि आवेदन दिने आवेदकले हालसालै खिचिएको पासपोर्ट साइजको सेतो पृष्ठभूमि भएको फोटो उपलब्ध गराउनु पर्नेछ, अन्यथा आवेदन स्वीकृत हुने छैन र यसको जिम्मेवारी नेपाल नर्सिङ परिषदले लिने छैन।

  • फोटोको नमुना:

    फोटोको नमुना

  • पूर्ण कागजातहरुका साथ आवश्यक विवरण सहित तोकिएको समय भित्र आवेदन पेश गर्ने (Responsibility for Information and Documents):

    आवेदकहरूले नामदर्ता परीक्षाको लागि आवेदन गर्नु अघि सबै आवश्यक कागजातहरू तयार छन् भनेर सुनिश्चित गर्नुपर्छ। सही जानकारी र सबै आवश्यक कागजातहरू उपलब्ध गराउनु आवेदकको स्वयमको पूर्ण जिम्मेवारी हुनेछ। तोकिएको समय भित्रमा सबै आवश्यक कागजात तथा विवरण पेश गरे पछि मात्र नेपाल नर्सिङ परिषदले आवेदनलाई प्रमाणिकरणको लागि योग्य मानेको हुनेछ। आवेदन पेश नगरेमा परीक्षा समितिलाई प्रमाणिकरणको लागि उपलब्ध नहुने र स्वतः अयोग्य ठहरिनेछ।

  • अनलाइन आवेदन(Online Form)को लागि जवाफदेहिता:

    आवेदकहरूले आफुले पेश गरेको अनलाइन आवेदनको लागि पूर्ण जिम्मेवारी लिनुपर्छ। आवेदकद्वारा प्रदान गरिएको जानकारी र कागजातहरूमा कुनै पनि अपर्याप्तता, अशुद्धता वा गलत जानकारीका कारण उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी आवेदक स्वयंले लिनुपर्नेछ। नेपाल नर्सिङ परिषदले यसका लागि कुनै जिम्मेवारी लिने छैन।

  • भुक्तानी फिर्ता नहुने(Non-refundable Payments):

    आवेदकले आवश्यक कागजातहरू तथा विवरणहरू समयमा प्रदान गर्न असफल भए वा व्यक्तिगत कारणले परीक्षा दिन नसकेको वा एकै परीक्षा लागि पटक पटक भुक्तानी गरेको खण्डमा भुक्तानी फिर्ता नहुनेछ।

  • पुनः परीक्षा(Re-Apply):

    पहिला नै परीक्षामा सामेल भई अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुरानै Username र Password प्रयोग गरी login गरेर परीक्षा शुल्क भुक्तानी गरी आवेदन पेश (Submit) गर्नु पर्नेछ।

PCL Nursing
नेपालबाट प्रविणता प्रमाणपत्र तह नर्सिङ उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु विदेशबाट प्रविणता प्रमाणपत्र तह नर्सिङ उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
  • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • प्रविणता प्रमाणपत्र तह नर्सिङको Transcript तथा Character Certificate
  • अनमी (ANM) कोटाबाट PCL Nursing गर्नेहरुको लागि अनमीको मार्कसिट
  • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
  • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • १०+२ को Transcript तथा Character Certificate
  • यदि १०+२ बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • प्रविणता प्रमाणपत्र तह नर्सिङको Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
  • विदेशमा अध्ययन गरेको कलेज/विश्वविद्यालय/प्रतिष्ठानलाई सम्बन्धित देशको Council, Health Ministry वा Government ले दिएको मान्यता पत्र वा सूची
  • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
B. Sc. Nursing
नेपालबाट स्नातकतह नर्सिङ (B. Sc.) उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु विदेशबाट स्नातकतह नर्सिङ (B. Sc.) उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
  • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • १०+२ को Transcript तथा Character Certificate
  • यदि १०+२ बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • स्नातकतह (B. Sc.) नर्सिङको Transcript तथा Character Certificate
  • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
  • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • १०+२ को Transcript तथा Character Certificate
  • यदि १०+२ बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • स्नातकतह (B. Sc.) नर्सिङको Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • अध्ययन गरेको कलेज/विश्वविद्यालय/प्रतिष्ठानलाई सम्बन्धित देशको Council, Health Ministry वा Government ले दिएको मान्यता पत्र वा सूची
  • २०२० अक्टोबर १ पछि अध्ययन गर्न गएकाहरुको लागि चिकित्सा शिक्षा आयोगद्वारा प्रदान गरिएको योग्यताको पत्र (Eligibility Letter)
  • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
Bachelors in Midwifery Science (BMS)
नेपालबाट स्नातकतह (BMS) उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु विदेशबाट स्नातकतह (BMS) उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
  • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • प्रविणता प्रमाणपत्र तह नर्सिङको Transcript तथा Character Certificate
  • यदि प्रविणता प्रमाणपत्र तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
  • स्नातकतह (BMS) नर्सिङको Transcript तथा Character Certificate
  • नेपाल नर्सिङ परिषदको नामदर्ता प्रमाणपत्र (दुवै पटिको) — प्रमाणपत्र सक्रिय (Active) हुनुपर्नेछ
  • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
  • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • प्रविणता प्रमाणपत्र तह नर्सिङको Transcript तथा Character Certificate
  • यदि प्रविणता प्रमाणपत्र तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
  • स्नातकतह (BMS) मिडवाईफरीको Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
  • अध्ययन गरेको कलेज/विश्वविद्यालय/प्रतिष्ठानलाई सम्बन्धित देशको Council, Health Ministry Welfare वा Government ले दिएको मान्यता पत्र अथवा सूची
  • २०२० अक्टोबर १ पछि अध्ययन गर्न गएकाहरुको लागि चिकित्सा शिक्षा आयोगद्वारा प्रदान गरिएको योग्यताको पत्र (Eligibility Letter)
  • नेपाल नर्सिङ परिषदको नामदर्ता प्रमाणपत्र (दुवै पटिको) — प्रमाणपत्र सक्रिय (Active) हुनुपर्नेछ
  • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
बिशेषज्ञ नर्स (M.Sc., MN)
नेपालबाट बिशेषज्ञ नर्स (M.Sc., MN) उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु विदेशबाट बिशेषज्ञ नर्स (M.Sc., MN) उतीर्ण गरेका आवेदकहरुका लागि आवश्यक कागजातहरु
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • स्नातक तह नर्सिङको Transcript तथा Character Certificate
  • यदि स्नातक तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • स्नातकोत्तर तह (M.Sc./MN) नर्सिङको Transcript तथा Character Certificate
  • नेपाल नर्सिङ परिषदको नामदर्ता प्रमाणपत्र (दुवै पटिको) — प्रमाणपत्र सक्रिय (Active) हुनुपर्नेछ
  • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
  • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
  • स्नातक तह नर्सिङको Transcript तथा Character Certificate
  • यदि स्नातक तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • स्नातकोत्तर तह (M.Sc./MN) नर्सिङको Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
  • अध्ययन गरेको नर्सिङ कलेज/विश्वविद्यालय/प्रतिष्ठानलाई सम्बन्धित देशको Council, Health Ministry Welfare वा Government ले दिएको मान्यता पत्र अथवा सूची